SASANE

संरक्षक समुह नेपालले नुवाकोटको घ्याङफेदीमा चेतनामुलक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैबारे यस संस्थाका अध्यक्ष, निर्देशक र चमेली स्कुल जान्छिन् किताबकी लेखिकासँग गरिएको कुराकानीका अंशहरु :

 

 

 

 

 

For Brief Please Visit : http://etimesnews.com/feature-news/item/3798-sasane

 

 

बल्ल सपना देख्न थालें–इन्दिरा गुरुङ, अध्यक्ष संरक्षक समूह नेपाल

 

बाह्र वर्षको उमेरदेखि काठमाडौंमा घरेलु श्रमिकका रुपमा आइपुगेकी इन्दिरा गुरुङ अहिले संरक्षक समूह नेपालकी अध्यक्ष छिन् । कक्षा ५ पढेर नुवाकोटको एक गाउँबाट काठमाडौं आएकी उनी १० वर्ष यस्तै काममा व्यस्त रहिन् । हरेक दिन काममा जोतिनु परेकोले उनले सपना देख्न छाडेकी थिइन् । तर, हिजोआज भने उनी ठूल्ठूला सपना देख्छिन्, भन्छिन्, 'मैले धेरै बहिनीहरुलाई आत्मनिर्भर बनाइदिनुछ, सचेत पार्नुछ ।'

Indira Gurung


सन् २०१२ बाट उनी यस समूहकी अध्यक्ष छिन् । यस अवधिमा समूहले १७५ जनालाई कानुनी अर्धदक्ष(प्यारालिगल) तालिम दिइसकेको उनले सुनाईन् । इन्दिराका अनुसार तालिम लिइसकेका बाहिनीहरु विभिन्न प्रहरी चौकीमा लेखनदासका रुपमा कार्यरत छन् । प्यारालिगल तालिम किन ? इन्दिरा भन्छिन्, 'जो सुकैले दुःख पाउनुको मुख्य कारण कानुन नबुझेर हो, कानुन बुझेपछि सबै काम सहजै सकिन्छ ।'


नेपाली चेलीहरुले कानुन नबुझेकाले दुःख पाइरहेको उल्लेख गर्दै उनले कानुनी झन्झटबाट मुक्ति दिनु नै संस्थाको पहिलो काम भएको बताइन् । अहिले संरक्षक समूहबाट खटिएका लेखनदासहरु काठमाडौं, भक्तपुर, ललितपुर र पोखराका केही प्रहरी चौकीमा भेटिन्छन् । उनीहरुले अरु लेखनदासभन्दा कम शुल्क लिन्छन् । त्यसो त, संस्थाले हस्पिटालिटी तालिम पनि दिँदै आएको छ । काठमाडौंको कालिकास्थानमा छ संस्थाको कार्यालय । संस्थामै 'हस्पिटालिटी' नमुना छ । यही विदेशीहरु आउँछन् । सहजै बस्छन् ।


संस्थाको प्राथमिकतामा उच्च जोखिममा रहेका बहिनीहरु छन् । आमा शिक्षाको माध्यमबाट गाउँगाउँमा बेचबिखन विरुद्ध सचेत पार्ने काम गर्न अघि बढेका छन् उनीहरु । इन्दिरा भन्छिन्, 'अहिले आमा शिक्षा नुवाकोटको घ्याङफेदीमा सञ्चालनमा छ, अब ७५ जिल्लामै लाने योजना बनाउँछु ।' गाउँमा भन्दा काठमाडौंका स्कुलहरुमा पढ्दै गरेका किशोरीहरु बेचबिखनको उच्च जोखिममा रहेको उनले सुनाइन् । उनी भन्छिन्, 'काठमाडौंको सरकारी स्कुलहरुमा अति विपन्न परिवारका किशोरीहरु पढ्छन्, उनीहरुले काठमाडौंको रमझम देखेका हुन्छन् तर स्वाद चाख्न पाएका हुँदैनन्, यही स्वाद चाख्ने सपना देखाउनेहरु स्कुलमा पुग्छन् र उनीहरु स्कुलबाट हराउँछन् ।'

 

For Brief Please Visit : http://etimesnews.com/feature-news/item/3798-sasane

 

 

 

 

 

Share this post

Submit to FacebookSubmit to Google PlusSubmit to Twitter
FaLang translation system by Faboba